लेखनाथ सामुदायीक सेवा केन्द्रमा सर्वसम्मत नयाँ नेतृत्व शुभेच्छा न्यूज /२८ मंसिर २०७७, आईतवार १८:२१ , प्रकाशीत लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाललाई सर्वसम्मत चयन गरेको हो । यसैगरी समितिको सदस्यमा सुरजजंग राणा, विनोद बहादुर थापा, शिबबहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापा मगर, राजु अधिकारी, दिपकनाथ भण्डारी र गणेश प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए । कोभिड १९ का विच सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिवार केन्द्रको चौधौं बार्षिक साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको हो । नेतृत्वको लागि विगतमा निकै रस्साकस्सी हुँदै निर्वाचन हुने सेवा केन्द्रमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो । नयाँ नेतृत्व सर्बसम्मत गराउन निर्वतमान अध्यक्ष रमेश ओझाको संयोजकत्वमा एक सहजीकरणका समिति बनेको थियो । सहमति र सहकार्यका साथ नयाँ नेतृत्व चयन भएमात्र केन्द्रको उद्देश्य प्राप्ती हुने भएकाले सर्वसम्मतका लागि प्रयास गरिएको निवर्तमान अध्यक्ष ओझाले बताए । निर्वाचननै भएको भए आउनै पर्ने साथी छुट्न सक्ने हुन सक्थ्यो, त्यसले संस्थाको उद्देश्य प्राप्तीमा सहजता हुँदैनथ्यो । ओझाले भने—“ अनुभवी साथीहरु सहित आएको सर्वसम्मत नेतृत्वले अझ प्रभावकारी काम गर्ने सवैले विश्वास लिएका छौं, यसले संस्थालाई थप गतिशिलता दिनेछ ।” प्रहरीसँगको समन्वयमा विकृति र विसंगतीको अन्त्य गर्दै, समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको संस्थामा झण्डै पाँचसय सदस्य रहेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाललाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी समितिको सदस्यमा सुरजजंग राणा, विनोद बहादुर थापा, शिबबहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापा मगर,
राजु अधिकारी, दिपकनाथ भण्डारी र गणेश प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए ।
कोभिड १९ का विच सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिवार केन्द्रको चौधौं बार्षिक साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको हो ।
नेतृत्वको लागि विगतमा निकै रस्साकस्सी हुँदै निर्वाचन हुने सेवा केन्द्रमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो ।
नयाँ नेतृत्व सर्बसम्मत गराउन निर्वतमान अध्यक्ष रमेश ओझाको संयोजकत्वमा एक सहजीकरणका समिति बनेको थियो ।
सहमति र सहकार्यका साथ नयाँ नेतृत्व चयन भएमात्र केन्द्रको उद्देश्य प्राप्ती हुने भएकाले सर्वसम्मतका लागि प्रयास गरिएको निवर्तमान अध्यक्ष ओझाले बताए ।
निर्वाचननै भएको भए आउनै पर्ने साथी छुट्न सक्ने हुन सक्थ्यो, त्यसले संस्थाको उद्देश्य प्राप्तीमा सहजता हुँदैनथ्यो ।
ओझाले भने—“ अनुभवी साथीहरु सहित आएको सर्वसम्मत नेतृत्वले अझ प्रभावकारी काम गर्ने सवैले विश्वास लिएका छौं, यसले संस्थालाई थप गतिशिलता दिनेछ ।”
प्रहरीसँगको समन्वयमा विकृति र विसंगतीको अन्त्य गर्दै, समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको संस्थामा झण्डै पाँचसय सदस्य रहेका छन् ।
Related