• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा नेपाली कांग्रेसको प्रदर्शन; दुईतिहाइको कम्युनिष्ट सरकार भ्रष्टाचार र अनियमिततामा लिप्त

"प्रधानमन्त्री ओलीलाई देशको चिन्ता भन्दा आफ्ना आसेपासेको चिन्ताले पिरोलेको आभाष "
  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०७७, सोमबार १८:५१ ,  प्रकाशीत
  • पोखरामा नेपाली कांग्रेसले प्रदर्शनसहित विरोध कार्यक्रम गरेको छ।

    चिप्लेढुंगाबाट सुरु भएको र्‍याली महेन्द्रपुल नयाँ बजार हुँदै पृथ्वीचोकमा सभामा परिणत भएको थियो। र्‍याली तथा सभामा पार्टीका नेता कार्यकर्तासहित भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

    भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलेनेपाली काँग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र जोगाउन कांग्रेस जाग्नुपर्ने बेला आएको बताएका छन् ।

    सोमबार पोखरामा कास्की कांग्रेसले आयोजना गरेको विरोध ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै केसीले अहिलेको सरकारले निरंकुशताको बाटो रोजेकाले लोकतन्त्र जोगाउन अब कांग्रेस उठ्नुपर्ने बेला आएको बताएका हुन् ।

    उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । दुईतिहाइ प्राप्त सरकार जनताका आवश्यकता पूरा गर्नमा भन्दा पनि भ्रष्टाचार र अनियमिततामा लिप्त रहेको भन्दै उनले यो सरकारबाट नागरिकले कुनै पनि सकारात्मक अनुभूति गर्न नसकेको बताए।

    उनले ओली सरकार तारन्तार भ्रष्टाचारमा लिप्त भएको बताएका छन् । “अहिलेको सरकार भ्रष्टाचारमा लिप्त छ”, उनले भने, “प्रधानमन्त्री ओलीलाई देशको चिन्ता भन्दा आफ्ना आसेपासेको चिन्ताले पिरोलेको आभाष भएको छ ।”

    आफूहरुले सदनमार्फत नै वर्तमान सरकारलाई झक्झक्याउँदा नसुनेपछि बाध्य भएर सडकमा उत्रिनु परेको नेता केसीको भनाई छ ।

    उनले कम्युनिष्ट सरकारले नेपाल र नेपालीलाई विश्वसामु भ्रष्ट भनेर चिनाएको आरोप लगाएका छन् । सर्वसत्तावादको खोल ओढेर सरकार एकलौटी निर्णयबाट देश डुबाउने खेलमा लागेको उनको बुझाई छ ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार अचाक्ली बढ्यो भनेर निकालेको प्रतिवेदन अहिलेको सरकारलाई अपच भएको उनको आरोप थियो।

    कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले कम्युनिस्ट सरकारले नेपालमा भ्रष्टाचारलाई संस्थागत बनाउने काम गरेको आरोप लगाए।

    जनमतलाई लत्याउँदै आफू अनुकूलका कार्यक्रम गर्दै जाने कामले राजनीतिक रुपमा कम्युनिस्टलाई नै घात हुने उनको भनाइ थियो।

    पूर्व मन्त्री यज्ञबहादुर थापाले कम्युनिस्ट सरकारको जनविरोधी क्रियाकलापको परिणाम उसले आगामी चुनावमा भोग्ने बताए।

    उनले भने, ‘अब ३ तहको चुनाव आउन लागेको छ, त्यतिबेला जनताले देखाइदिनेछन् जनमतमा कति तागत हुन्छ भनेर।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.