• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको कार्कीनेटाबाट‘बाघपाइला’ साप्ताहिक प्रकाशन शुरु, विकृति र विसंगति विरुद्ध उत्रने प्रण

  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०७७, सोमबार २०:२६ ,  प्रकाशीत
  • पर्वतको फलेवास नगरपालिकाको वडा नं. १ कार्कीनेटाबाट बाघपाईला साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको छ ।

    ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको विकाससँगै समाजका विभिन्न क्षेत्रमा हुने विकृति-विसंगतिका विरुद्ध खवरदारी गर्ने पत्रिकाको लक्ष्य छ ।

    यसैगरी जनताको सुख, शान्ति र समृद्धिका लागि सक्रिय पत्रकारिता गर्ने उद्देश्य पत्रिकाको रहेको प्रकाशन संस्थाले जनाएको छ ।

    फलेवास नगरपालिकाका मेयर पद्मपाणि शर्माले पत्रिकाको विमोचन गरे ।

    उक्त अवसरमा मेयर शर्माले पत्रिकाले ग्रामिण भेगमा ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा मघत गर्ने विश्वास व्यक्त गरे ।

    साथै पत्रिकाले स्थानीय क्षेत्रको विकास र समृद्धिका लागि सहयोगी भूमिका निर्वाह गर्दै रचनात्मक आलोचना गर्नुपर्ने खाँचो औंल्याए ।

    उनले प्राकृतिक र धार्मिक दृष्टिले निकै महत्व बोकेको बाघपाईला, डहरे देउराली, अन्धाअन्धी लगायतका क्षेत्रमा पर्यटनको विकास गर्ने फलेवास नगरपालिकाको योजना रहेको स्पष्ट पारे ।

    वडाध्यक्ष बाबुराम शर्माले सीमित स्रोत साधनका बाबजुूद स्थानीय निकायमा बाटो, खानेपानी लगायतका पूर्वाधारसँगै धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जुटेको जानकारी दिए ।

    उनले काम गर्नेक्रममा भएका त्रुटी र कमजोरीलाई निर्धक्क भएर सकारात्मक ढंगले देखाइदिन पत्रिकासंग अनुरोध गरे ।

    अर्का वडाध्यक्ष गंगानारायण श्रेष्ठले बाघ पत्रिकाले जनपक्षीय ढगले रचनात्मक पत्रकारिता गरेर स्थानीय तह र देशकको गौरव बढाउने काममा हातेमालो गर्न आग्रह गरे ।

    वडाध्यक्ष श्रेष्ठले सत्य, तथ्यमा आधारित समाचारले व्यक्ति, समाज र देश सुधारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै गलत र पित पत्रकारिताले व्यक्ति, समाज र राष्ट्रलाई धरासायी बनाउनेतर्फ सचेत रहन आग्रह गरे ।

    तत्कालिन कार्किनेटा गाविसका पूर्वअध्यक्ष भवदत्त शर्माले बागपाइला क्षेत्र धार्मिक, ऐतिहासिक महत्व बोकेको भए पनि यस क्षेत्रको उचित संरक्षण र विकाससँगै प्रचारप्रसारतर्फ चासो नदिंदा ओझेलमा परेको गुनासो गरे ।

    सराङ्कोट साप्ताहिकका प्रधान सम्पादक यदूनाथ बञ्जराले देश र समाजमा भएका विकृति-विसंगति नियन्त्रण गर्दै पारदर्शी कायम गर्न हरेक कार्यक्रम र योजना पारदर्शी हुनुपर्ने बताए ।

    रेडियो कास्कीका स्टेशन म्यानेजर कमल बरालले हरेक विकृति र विसंगतिका विरुद्ध निडर भएर कलम चलाउन आग्रह गरे ।

    पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक पद्म श्रेष्ठले विकासको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा पारिएका क्षेत्रको पहिचान गर्दै विकास र समृद्धिको ढोका खोल्ने पत्रिकाको उद्देश्य रहेको बताए ।

    उनले पत्रिकाले हरेक क्षेत्रमा हुने सकारात्मक कामलाई प्रोत्साहन गर्दै जुनसुकै क्षेत्रमा जोसुकैले भए गरेका विकृति विसंगति विरुद्ध खरोरुपमा आवाज बुलन्द गर्दै जनपक्षीय पत्रकारिता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    बालकलाई सहयोग

    कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख शर्माले पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक श्रेष्ठलाई नगद ११ हजार रुपैयाँ हस्तान्तरण गरे ।

    उक्त रकम ब्रेन ट्यूमर पीडित फलेवास नगरपालिका वडा नं. १ का तीन वर्षका बालक ऋदम शर्माको उपचारका लागि सहयोग गरिएको हो ।

    यसैगरी फनपा १ का इण्डियन आर्मीमा कार्यरत सागर श्रेष्ठ (विपिन) ले नगद पाँच हजार,अनुष्का एण्ड आयुष्मा कस्मेटिक पसलकी अनिता श्रेष्ठले एक हजार रुपैयाँका साथै पत्रिकाको तर्फबाट पाँच हजार रुपैयाँ थप गरिएको बताइन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.