• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारको निर्णय विरुद्ध आक्रामक बन्दैं यातायात व्यवसायी

  •      /११ बैशाख २०७५, मंगलवार १५:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, ११ बैशाख । सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले मंगलबार पोखरामा कोण सभाको आयोजना गरेका छन् । नेपाल यातायात व्यवसायी मूल आन्दोलन समिति प्रदेश ४ को आयोजनामा पोखराको मानवअधिकार चोकमा कोणसभा आयोजना गरिएको हो ।

    कोणसभालाई सम्बोधन गर्दै आन्दोलन मूल आयोजक समिति संयोजक भानुभक्त बरालले सरकारले हचुवाको भरतमा संघसंस्था खारेजी गर्ने तथा नवीकरण नगर्ने निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरे । मूल आन्दोलन समितिका सहसंयोजक भानुभक्त अधिकारीले यातायात व्यवसायीमाथि सरकारले अन्यायपूर्ण निर्णय लिएको बताए । कार्यक्रममा बोल्दै आयोजक कमिटिका सदस्य अमृत शर्मा तिमिल्सिनाले सरकारले वार्ता र संवादबाट निकास निकाल्नुपर्ने धारणा राखे ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको सहभागितामा व्यवसायीहरु आन्दोलनमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.