• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

टिपिएस म्याद नथप्ने तयारीमा ट्रम्प प्रशासन: नौ हजार नेपाली प्रभावित हुने

  •      /१२ बैशाख २०७५, बुधबार ०४:३६ ,  प्रकाशीत
  • काठमाडौँ: ट्रम्प प्रशासनले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को म्याद नथप्ने तयारी गरेको वासिङटन पोस्टले जनाएको छ।

    आप्रवासीप्रति अनुदार रहँदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि निकारागुवाका नागरिकलाई टिपिएस नथप्ने घोषणा गरेको थियो। नेपालमा २०७२ वैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका स्वरूप अमेरिकाले यो सेवा उपलब्ध गराएको थियो।

    २४ जुन २०१५ मा १४ हजार ७ सय ९१ जना नेपालीले टिपिएस सुविधा पाएकामा यो म्याद जुन २४ मा सकिँदैछ।

    १८ महिनाका लागि उपलब्ध भएको यो सुविधा पुन: थप्नका लागि नेपाली अधिकारकर्मीहरुले होमल्यान्ड सेक्युरिटीलगायतका निकायमा धाउँदै आएका छन्।  समय थप गर्ने कि नगर्ने भन्ने विषय ६० दिनअघि नै गरिसक्नुपर्ने भएकोले केही दिनमा यसबारे निर्णय आउन सक्ने बताइएको छ।

    टिपिएसको म्याद नथपेमा ९ हजार नेपाली प्रभावित हुने वासिङटन पोस्टले जनाएको छ। टिपिएसको म्याद नथपे यो सुविधा उपभोग गरिरहेकाले एक वर्षभित्र अमेरिका छाड्नुपर्ने हुन्छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.