• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

"सरकारले सत्ताका लागि अध्यादेश ल्याएर संवैधानिक अधिकार खासेको भनाइ "
  •    शुभेच्छा न्यूज  /१ पुष २०७७, बुधबार १६:३९ ,  प्रकाशीत
  • पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै त्यसको विरोधमा जनता समाजवादी पार्टी कास्कीले पुत्ला जलाएको हो।

    चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो।

    कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले केपी ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यादेश जारी भएको बताए।

    कोभिड-१९ को संकटबाट देशलाई र जनतालाई बचाउन काम गर्दा भनेको सरकारले सत्ताका लागि अध्यादेश ल्याएर संवैधानिक अधिकार खासेको सुवेदीको भनाइ छ।

    जसपा प्रदेश अध्यक्ष मोति रिजालले ओली सरकारले अध्यादेश ल्याएर गणतन्त्रकै हरण गरेको बताए। यो दिनलाई आफूहरुले कालो दिनका रुपमा हेरको बताए।

    ओलीले ल्याएको अध्यादेश, भ्रष्टाचारको विरुद्धमा समाजवादीले आन्दोलन थालेको उनको भनाइ थियो।

    प्रदेश उपाध्यक्ष दीपक तामाङलेसंघीय लोकतान्त्रिक गणतन्त्र भएको देशमा ओलीले ल्याएको अध्यादेश इतिहासकै खराब दिनका रुपमा रहने बताए।

    ओलीको अध्यादेश लोकतन्त्र माथिकै बज्रपात भएको उनको भनाइ थियो।

    समाजवादीका विद्यार्थी संगठन नेता नेत्र चापागाईंले यो केपी ओली ल्याएको अध्यादेशविरुद्धमात्रै होइन, लुटतन्त्र र नेपाली जनताको लोकतन्त्रबीचको लडाइँ भएको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.