• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा ८२ जनामा कोरोना संक्रमणको पुष्टि

"थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु  "
  •    शुभेच्छा न्यूज  /२ पुष २०७७, बिहीबार १९:१४ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा आज ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

    गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३८८ वटा नमूना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

    गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये सवै भन्दा बढी कास्कीका ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यस्तै गरि

    संक्रमित हुनेहरु नवलपरासीका ७ जना, स्याङ्जाका ४ जना, तनहुँका ७ जना, लमजुङका १० जना, गोरखाका २ जना , पर्वतका १ जना, म्यादीका १ जना,मनाङका १जना र मुस्ताङका ३ जना रहेका छन् ।

    आज थप ८२ जना गरि गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या १३६६५ जना पुगेको छ।

    यस्तै कोरोना संक्रमणबाट आज गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षका पुरुष रहेका छन् ।

    उनको उपचारका क्रममा आज पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा बिहान मृत्यु भएको हो।

    मृतकमा कोभिड १९ निमोनिया र उच्च रक्तचापको समस्या रहेको अस्पताल स्रोतले जनाएको छ।

    आज थप १ जना गरि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८७ पुगेको छ।

    प्रदेशमा हाल १५६४ जना कोरोना सक्रिय बिरामी रहेका छन् भने ११९१४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.