बुद्ध एयरको लापरबाहीले जनकपुर जाने यात्रु पोखरा शुभेच्छा न्यूज /४ पुष २०७७, शनिबार १०:२२ , प्रकाशीत बुद्ध एयरको लापरबाहीका कारण शुक्रबार अपराह्न जनकपुरका लागि काठमाडौँबाट उडेका यात्रुहरु पोखरा पुगेका छन्। कुनै मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेको नभई एयरलाइन्सको लापरबाहीका कारण यस्तो भएको हो। त्रिभुवन विमानस्थलका बुद्ध एयरका कर्मचारीहरुको लापरबाहीका कारण जनकपुर पठाउनुपर्ने यात्रुहरुलाई उनीहरुले पोखराको जहाजमा चढाएका थिए। अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए। यसबारे यात्रु, पाइलट तथा परिचारिकाहरुले कुनै सुइँको पाएनन्। अपराह्न चार बजे पोखरा विमानस्थलमा अवतरण भएको जहाजका सबै यात्रुहरु जनकपुरका लागि रहेको थाहा पाएपछि बुद्ध एयरका कर्मचारीहरु छक्क परेका थिए। कर्मचारीको असाबधानीले पोखरा आएका यात्रुलाई पोखरा विमानस्थलका प्रमुख गुरागाइँले जहाजमा इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएका थिए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बुद्ध एयरको लापरबाहीका कारण शुक्रबार अपराह्न जनकपुरका लागि काठमाडौँबाट उडेका यात्रुहरु पोखरा पुगेका छन्।
कुनै मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेको नभई एयरलाइन्सको लापरबाहीका कारण यस्तो भएको हो।
त्रिभुवन विमानस्थलका बुद्ध एयरका कर्मचारीहरुको लापरबाहीका कारण जनकपुर पठाउनुपर्ने यात्रुहरुलाई उनीहरुले पोखराको जहाजमा चढाएका थिए।
अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए। यसबारे यात्रु, पाइलट तथा परिचारिकाहरुले कुनै सुइँको पाएनन्।
अपराह्न चार बजे पोखरा विमानस्थलमा अवतरण भएको जहाजका सबै यात्रुहरु जनकपुरका लागि रहेको थाहा पाएपछि बुद्ध एयरका कर्मचारीहरु छक्क परेका थिए।
कर्मचारीको असाबधानीले पोखरा आएका यात्रुलाई पोखरा विमानस्थलका प्रमुख गुरागाइँले जहाजमा इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएका थिए।
Related