नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पूर्वसहमति अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता नलिएको परिस्थितिमा बस्न लागेको बैठक सोही अध्यादेशमा केन्द्रीत हुने देखिएको छ ।
यसअघिका बैठक सहमतिका लागि भन्दै विषयसूचीमा प्रवेशै नगरी स्थगित हुँदै आए पनि अहिलेसम्म नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन ।
नेताहरुबीच सहमतिको प्रयास भए पनि नेताहरु आ–आफ्नै अडानमा रहेका कारण आजको बैठकबाट पनि ठोस निश्कर्ष निस्कने सम्भावना देखिएको छैन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना न्यून देखिएको हो ।

Related