सांसदसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेपछि नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले संविधान निर्माण गर्दा ५ वर्षसम्म संसद चल्ने प्रावधान राखेको भन्दै प्रधानमन्त्री ओलीको लहडमा गरिएको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।
उनले यसको संवैधानिक व्याख्या समेत हुने बताएका छन्।
‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।
यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’ थापाले ट्वीट गर्दै भनेका छन् ।

Related