प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनतासमाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहको भेलाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।
केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकीकृत नीति लिने छ ।
भोलि कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ भने जसपाले पनि मंगलबार थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
आज बसेको जसपाको बैठकले पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरिसकेको छ ।

Related