• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रवद्र्धनात्मक कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायी ढोरपाटनमा

  •    शुभेच्छा न्यूज  /१३ पुष २०७७, सोमबार १०:२८ ,  प्रकाशीत
  • गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायीको टोली ढोरपाटन पुगेको छ ।

    नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित कार्यक्रममा सरोकारवालाबीच गरेको अन्तरक्रियामा वक्ताहरूले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औंल्याए ।

    तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

    बराह ताल लगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पु¥याउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

    भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेश भित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताउनुभयो ।

    गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामिण पर्यटनमा धेरै सम्भावनाहरू बढाउने उहाँको भनाइ छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

    ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउने लगायतका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

    ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक होमस्टेका सञ्चालक पुनम बुढा मगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढीरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटो लगायतका समस्या रहेको बताउनुभयो ।

    आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलु लगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उहाँले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै हामेस्टे सञ्चालन नगरिएको बताउनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.