मोरङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो मोरङको पथरी शनिश्चरे नगरपालिका २ को हरियाली सामुदायिक वन अगाडि दुर्घटनामा भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मिक्लाजुङ गाउँपालिका ४ का सन्तोष लिम्बु र सुनिल धमलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका एक जनाको मङ्गलबारे अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको विराटनगर ल्याउँदै गर्दा बाटो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक झापाको दमक नगरपालिका २ का लक्ष्मीकुमार धिमाललाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related