• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओलीले चालेको कदमका बिरुद्ध युवा विद्यार्थीको मशाल जुलुस

  •    शुभेच्छा न्यूज  /१३ पुष २०७७, सोमबार २१:५३ ,  प्रकाशीत
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका बिरुद्धमा पर्वतमा आक्रोशको ज्वाला बलेको छ ।

    जनताले दिएको जनमतको सम्मान गरि प्रतिनिधिसभाको पूनःस्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको हो ।

    प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्वबियू पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताए ।

    कुस्माको मैत्री चोकबाट शुरु भएको मसाल जुलुस लोकतन्त्र चोक, प्रगति चोक हुँदै शिवालय चोकमा गएर कोणसभामा गरिएको थियो ।

    उनीहरुले प्रधानमन्त्रीका कमद विरुद्ध नाराबाजीसमेत गरेका थिए । कोण सभामा बोल्दै अनेरास्वबियूका जिलल अध्यक्ष शर्माले असंवैधानिक र राष्ट्रघाती कमद नसच्याएसम्म आन्दोल जारी रहने र आन्दोलनको बलमा संसद पूनःस्थापना गराएर छाड्ने बताए ।

    कार्यक्रममा अनेरास्वबियू पर्वतका पूर्व अध्यक्ष सुवासचन्द्र पौडेलले संबिधानको मर्म भावना र जनमतको अपमान हुने गरि चालेको कदम कुनैपनि हालतमा सह्य नहुने बताए ।

    कार्यक्रममा युवा संघ पर्वतका अध्यक्ष बलराम नेपालीले ओलीका बिरद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

    नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले आन्दोलनको बलबाट संसद पुनः स्थापना गरेर छाड्ने बताए ।

    पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीले चालेको संविधान विपरितको कदमका विरुद्ध देशैभरी विरोध प्रदर्शन भइरहेका छन् ।

    यसैबीच नेकपा पर्वतले यहि पुस १४ गतेका लागि तय गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई व्यवस्थित र संयम ढंगले गर्ने गरि तयारी पुरा गरेको बताएको छ ।

    बिरोध कार्यक्रमका लागि जिल्लाभरबाट कार्यकर्ताहरुलाई सदरमुकाम ल्याउने गरि तयारी थालेको पाटी सचिब सुदिप कुँवरले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.