• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारोत्तोलनमा सेनाका ओलम्पियन कमल अधिकारीलाई स्वर्ण

  •      /२७ पुष २०७४, बिहीबार १३:४३ ,  प्रकाशीत
  • पोखरा, २७ पुस -नेपालका सर्वाधिक भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले पोखरामा राखेप च्याम्पियन भारोत्तोलनमा पनि स्वर्ण पदक जितेका छन् । २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उद्धेश्यले एरिनामा उत्रेका अधिकारीले स्वर्णमानै चित्त बुझाए । ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले । यसमा उनकै नाममा १२२ केजीको किर्तिमान कायम छ । यस्तै क्लिन एण्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन् । नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २१२ केजी गरी रजत पाए भने क्लिनमा ११५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश भन्दा पछाडी रहंदै कास्य पाए । बैश्यले क्लिनमा ११८ केजी भार बहन गर्दै रजत पाए पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरि कास्य पाए ।
    पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १९३ केजी गरि दुई स्वर्ण पाए । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामा संग पछि परे । मुईले १०८ केज भार बहन गर्दै स्वर्ण पाए । क्लिनमा चौधरीले १०७ केजी उचाल्दै रजत पाए । स्नाचमा मुईले ८५ केजी र कुलमा १९३ केजी उचाल्दै रजत पाए । तेश्रो स्थानमा सशस्त्रका सुवाष कुमार शाहले १६३ केजीका साथ कास्य पाए । उनले स्नाचमा ७३ र क्लिनमा ९० केजी उचाले ।
    ६९ केजी तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए । उनी क्लिनमा १२५ केजी भार बहन गर्दै बाँकेका प्रकाश के.सी संग पछाडी पर्दै रजतमा खुम्चिए । विकासले स्नाचमा ११२ र कुलमा २३७ केजी उचाले । प्रकाशले क्लिनमा १३० केजी उचाल्दै स्वर्ण पाए । तर प्रकाशले स्नाचमा १०६ र कुलमा २३६ केजीका साथ रजत पाए । यस्तै बाँकेका सुरज बैश्यले क्लिनमा १०५ र कुलमा १८० केजीका साथ दुई कास्य पाए । स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कास्य पाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
    ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.