• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोनाका कारण बन्द भइको ९ महिनापछि मुक्तिनाथ मन्दिर खुल्दै

  •    शुभेच्छा न्यूज  /१८ पुष २०७७, शनिबार ०९:३४ ,  प्रकाशीत
  • हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिएको मुक्तिनाथ मन्दिर खुल्ने भएको छ ।

    समुन्द्र सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित मन्दिर यही पुस २१ गतेबाट खुल्ने सहमति भएको मुस्ताङ उद्योग वाणिज्य संघले जनाएको छ ।

    कोरोनाको जोखिमले मुक्तिनाथ आसपासका क्षेत्रका स्थानीयले मन्दिरमा दर्शनका लागि खोल्न सहमति जनाएको संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

    म्याग्दी र मुस्ताङका होटल ब्यवसायीले समेत चर्को दवाव दिएपछि दुवै जिल्लाको प्रशासन कार्यालयको समन्वयमा मुक्तिनाथ मन्दिर खुल्ने भएको हो ।

    मुक्तिनाथ मन्दिर क्षेत्रमा स्वदेश तथा विदेशबाट आउने धार्मिक पर्यटकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी वारगुङ मुक्तिक्षेत्र गाउँपालिकाले कडाई गरेको थियो ।

    शुक्रबार बसेको सर्वदलीय बैठकद्वारा मुक्तिनाथ मन्दिर खुलाउनका लागि ४ बुँदे समझदारी भएको हो ।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, प्रदेशसभा सांसद महेन्द्रबहादुर थकालीले समेत जनस्वास्थ्यको मापदण्डलाई अनिवार्य प्रयोग, भौतिक दुरी कायम गदैं मन्दिरमा दर्शनको ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए।

    नेपालका साथै विश्वका हिन्दु तथा बौद्ध धर्मालम्बी आउने मन्दिर खुल्ने भएपछि धौलागिरी भित्रका चारवटै जिल्लाका पर्यटन ब्यवसायी समेत उत्साहित भएका छन् ।

    अफ सिजन भएपनि मुस्ताङमा फाटफुट पर्यटकहरु जाने क्रम सुरु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.