• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हस्तकला संघको अध्यक्षमा खड्का सर्वसम्मत

  •    शुभेच्छा न्यूज  /१९ पुष २०७७, आईतवार ११:०४ ,  प्रकाशीत
  • पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् ।

    शनिबार एक कार्यक्रमकाबीच संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति चयन गरिएको छ ।

    उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयनलाई चयन गरिएको छ ।

    त्यस्तै सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन हुनुभएको छ भने संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन भएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष दिपक श्रेष्ठले पछिल्लो समय हस्तकलाका सामानको माग बढी रहेको बताउदै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताए।

    ‘हस्तकला एक सृजनात्मक क्षेत्र हो, यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा विशेष पहल गरिनुपर्छ, श्रेष्ठले भने यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्ने छ ।’

    निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताइन् ।

    संघ जन्माउनु मात्र ठुलो कुरा नभई यसको निरन्तरता मुख्य बिषय रहेको भन्दै महिलाको आवद्दता बढी रहेको संघलाई अवसर सँगै चुनौती पनि उत्तिकै रहेको भट्टराईले बताइन्।

    कोभिड–१९ को कारणले गर्दा असहज परिस्थिति सृजना भएको भन्दै आफ्नो ‘उद्यमी आवाज’ नामक स्मारिका तयारी अवस्थामा रहेको संघले जनाएको छ ।

    संघको ‘उद्यमी आवाज’ स्मारिका केही समयपछि औपचारिक कार्यक्रमको आयोजना गरि विमोचन गर्ने समेत जनाइएको छ ।

    संघको नवनिर्वाचित अध्यक्ष रामकली खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताइन।‘विभिन्न देशमा हस्तकलाको ग्रासरूटबाट काम गर्ने गरेका छन्, यस क्षेत्रमा आवद्व उद्यमीलाई सरकारीदेखि गैह्रसरकारी संघ संस्थाहरूको साथ आवश्यक छ,’ उनले भनिन् ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले आफ्नो एक दशक कार्यकालमा कार्यसमितिमा रही संघ संचालनमा पु¥याएको योगदान स्वरूप सदस्यहरूलाई सम्मान गरेकी थिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.