• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कृषि पेशाप्रति आकर्षित गर्न आँधीखोला गाउँपालिकाद्वारा हाते ट्याक्टर वितरण

  •    शुभेच्छा न्यूज  /१९ पुष २०७७, आईतवार १६:२९ ,  प्रकाशीत
  • स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ।

    किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ।

    किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइ सक्यो। काम गर्ने मान्छे पनि छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं।’

    कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गरिन्। गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनको भनाई छ।

    युवाहरू विदेशतर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै यस कार्यक्रमले आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन्।

    दिन भर लाएर गोरुको सहायतामा खेतवारी जोत्न परेको कुरा सुनाउँदै अबका दिनमा भने एक दुई घण्टामा आफ्नो खेत बारी जोत्न सकिने बताउँदै गाउँ पालिकाले किसानको हितमा काम गरेको कृषक तोयानाथ पौडेलले बताए।

    प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आ।व २०७७ ७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गरे। कार्यक्रम कृषि प्राविधिक अर्जुन चापागाँईको सञ्चालनमा सम्पन्न भएको हो।

    प्रति ट्याक्टर कुल ५५ हजार मध्ये किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन्। किसानहरूको अत्याधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने पालिका ले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.