• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुर्घटना न्युनिकरण गर्न सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’

  •    शुभेच्छा न्यूज  /१९ पुष २०७७, आईतवार १८:४६ ,  प्रकाशीत
  • सवारी दुर्घटना न्युनिकरणका लागि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’ को शुरु गरेको छ ।

    गण्डकी प्रदेशका ११ जिल्लामा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने भन्दै तनँहुबाट कार्यक्रमको सुरु गरेको हो ।

    कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरीबहादुर चुमानले सडक दुर्घटनाको लागी कार्यक्रम बहुउपयोगी रहेको बताए ।

    सडक दुर्घटना न्युनिकरण र सवारी व्यवस्थापनमा प्रदेश सरकार हातेमालो गर्न तयार रहेको उनले बताए ।

    गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरीउपरिक्षक प्रभुप्रसाद ढकालले सुधारका कार्यक्रमहरु निरन्तर रुपमा हुदाँ ट्राफिक ब्यबस्थापनले शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने बताए ।

    २ पाङ्ग्रे सवारी चलाउदा समस्या धेरै आउने हुदाँ समस्याको समाधानमा कार्यक्रम प्रभावकारी हुने उनको विश्वास रहेको छ ।

    कार्यक्रममा ब्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, तनहुँ उधोग बाणीज्य सँघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले आफ्नो भनाइ राखेका थिए ।

    २ पाङ्ग्रे सवारी चलकलाई सडकमै प्रशिक्षण कार्यक्रम, चालक सहचालकहरुलाई प्रशिक्षण कार्यक्रम र सरोकारवाला निकायहरु सँग

    अन्तर्कृया तथा छलफल कार्यक्रम गण्डकी प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुमा पनि संचालन गरिने प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.