कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथ सम्मको केबलकार निर्माणको अध्ययन हुदै
/१६ बैशाख २०७५, आईतवार ०८:१५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । मुक्तिनाथ दर्शन प्रालिले कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने ८३ किलोमिटर लामो केबलकार निर्माणको लागि बिस्तृत अध्ययन गर्ने अनुमति पाएको छ । लगानी बोर्डको ३० औं बैठकले मुक्तिनाथ दर्शन प्रालीलाई यसको विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेको हो ।
पाँच खण्डमा विभाजन गरेर यसको अध्ययन गर्न लागिएको छ । बिरेठाँटी(घोरेपानी(तातोपानी(जोमसोम(कागबेनी(मुक्तिनाथसम्म जाने केबलकार निर्माणका लागि ३४ अर्ब बराबरको लागत आँकलन गरिएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने गरी यसको बिस्तृत सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।
लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीका अनुसार केबुलकारको वास्तविक लागत डीपीआर निर्माण पछि मात्रै थाहा हुनेछ। अहिले मुक्तिनाथ दर्शन प्रालीलाई बिस्तृत निर्माणका लागि मात्रै अनुमति दिएको उनले बताए।
एकैपटक बिरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारमा पुग्न सम्भव नभएकाले यसलाई विभिन्न भागमा बाँडेर अध्ययन अघि बढाउन लागिएको हो। बिरेठाँटीदेखि मुक्तिनाथसम्म जाँदा बीचमा ४ स्थानमा यात्रु ओराल्ने र चढाउने गरि योजना अगाडी बढाईएको छ।

Related