शुभेच्छा न्यूज पोखरा । सरकारले यातायात क्षेत्रमा ब्याप्त अराजकता र सिण्डिकेट खाजेर गर्न अड्डी लिएपछि आन्दोलित भएका यातायात ब्यवसायीहरुले यातायात व्यवस्था कार्यालय गण्डकी सवारी दर्ता शाखा आईतबार बिहान देखि मुललगेटमा कालो ब्यानर टाँसेर घर्ना दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मुल आन्दोलन समिति अन्तर्गत विभिन्न यातायात सम्बद्ध पाँच महासंघको साझेदारीमा घोषित आन्दोलनका कार्यक्रम अनुसार यातायात कार्यालय घेराउ गरिएको प्रदेश नम्बर ४ का आन्दोलन मूल समितिका संयोजक भानुभक्त बरालले बताए।
सरकारले यातायात सेवा समिति खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरु विगत एक हप्तादेखि निरन्तर आन्दोलित भएका छन्।
संघसंस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरु जिल्ला प्रशासन कार्यालयबाट नविकरण हुँदै आएकोमा नेपाल सरकारको हालै बसेको मन्त्रीपरिषद्को निर्णयबाट उक्त संघसंस्थाहरु दर्ता नविकरणमा रोक लगाउदै प्रालिमा दर्ता गराउने निर्णयगरेपछि व्यवसायी उक्त निर्णयको विरुद्धमा आन्दोलित छन् ।
शुभेच्छा न्यूज
पोखरा । सरकारले यातायात क्षेत्रमा ब्याप्त अराजकता र सिण्डिकेट खाजेर गर्न अड्डी लिएपछि आन्दोलित भएका यातायात ब्यवसायीहरुले यातायात व्यवस्था कार्यालय गण्डकी सवारी दर्ता शाखा आईतबार बिहान देखि मुललगेटमा कालो ब्यानर टाँसेर घर्ना दिएका छन्।

Related