• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम शुरु

"प्रदेश सरकारले प्रदेशका पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण  "
  •    शुभेच्छा न्यूज  /२२ पुष २०७७, बुधबार ०८:५९ ,  प्रकाशीत
  • पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ ।

    गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

    बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ ।

    केही समयअघि गरिएको प्याराग्लाइडिङको सफल परीक्षणसँगै व्यावसायिक उडानका लागि पूर्वाधारको काम थालिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जीतबहादुर नेपालीले जानकारी दिए ।

    आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कामसमेत अगाडि बढाइने नेपालीले बताए ।

    प्याराग्लाइडिङ उडान गर्ने स्थान करिब दुई हजार मिटरको उचाइमा छ ।

    प्याराग्लाइडिङको सम्भाव्यता र दृश्यावलोकनका लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले २० लाख विनियोजन गरेसँगै पूर्वाधार निर्माणको काम थालिएको हो ।

    प्रदेश सरकारले प्रदेशका पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.