• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने

  •      /१६ बैशाख २०७५, आईतवार ११:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।नेपाल योग खेलकुद संधको आयोजनामा २०७५ साल बैशाख २१, २२, र २३ गते पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न हुने संघ द्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    प्रतियोगिता बारे जानकारी दिंदै संघका महासचिब चुडामणि खरेलले प्रतियोगितामा ७ मुलुकका करिब २ सय ७० देखि ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता हुने बताए । महासचिव खरेलका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आउने छन । नेपालका विभिन्न उमेर सुमह बाट कुल १ सय १० जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन भने नेपालका तर्फ बाट २० जना अफिसियल रहने छन ।
    महासचिब खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन र आफ्ना खेलाडी पठाउने भएको छ । उनका अनुसार मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आउने छन । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु नेपाल आउने भएका छन ।
    प्रतियोगितामा उमेर समुहरु मध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरि ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरि कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।
    त्यसैगरि सबै समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरि थप दुइ जनालाई २ स्वर्ण सहित सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र सहित नगद पुरुस्कारहरु प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
    पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यो पोखराको मेगा इभेन्ट भएको बताए । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समुद्धीका लागि खेलकुद र पर्यटनलाई संग जोड्न पर्छ भन्ने कुरा चरितार्थ हुन थालेको बताउँदै अध्यक्ष पौडेलले प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह समेत गरे । नेपालको यो मौलिक योग संस्कृतीलाई जोगाउन खेलकुदले अहम भूमिका निर्वाह गर्ने तर्फ इंगित गर्दै अब खेलकुद पूर्वाधार बिकासमा ध्यान दिनु पर्ने खाँचो भएको बताए ।
    कायक्रममा संघका केन्द्रिय सदस्य लक्ष्मण योगी, जिल्लाका अध्यक्ष प्रकाश बानिया लगाएतले प्रतियोगिता बारे जानकारी गराएका थिए । उक्त प्रतियोगिताको उद्घाटन बैशाख २२ गते बिहान सृजनाचोक स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने भएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.