१८औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ ।
गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैया आम्दानी हुँदा सो रकम बचत भएको सहारा क्लवले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न भने ६९ लाख १२ हजार ७ सय ९ रुपैया खर्च भएको छ । उक्त प्रतियोगिताको प्रबेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।
त्यसैगरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको गुरुङले बताए ।
बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

Related