• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तीन महिना भित्रमा संसद पुर्नस्थापना भइसक्छ ; योगेश भट्टराई

"चुनाव चिन्ह सूर्य आफूलाई दिनेमा ढुक्क "
  •    शुभेच्छा न्यूज  /२३ पुष २०७७, बिहीबार २०:०५ ,  प्रकाशीत
  • नेकपा दाहल-माधव सूमहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले तीन महिना भित्रमा संसद पुर्नस्थापना भइसक्ने दाबी गरेका छन् ।

    विहीबार नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनहरुको जिल्ला स्तरीय संयुक्त भेलालाई पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गरेको संसद तीन महिनामा पुर्नस्थापना भइसक्ने दाबी गरेका हुन् ।

    ‘२०१७ सालमा विघटित संसद पुर्नस्थापन हुन ३० वर्ष लाग्यो, २०५९ सालमा विघटिन संसद ३ वर्षमा पुर्नस्थापना भयो, यस पटक ३ महिनामै संसद पुर्नस्थापना हुन्छ’उनले भने ।

    निर्वाचन आयोगले दलसम्बन्धी व्यवस्था अनुसार आफूहरुलाई चुनाव चिन्ह सूर्य दिनेमा ढुक्का रहेको उनले बताए ।

    युवा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिकारी र प्रतिगमनकारी भएको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्र माथि कुठाराघात गरे,‘त्यसैले उनी प्रतिक्रान्तिका नायक हुन्, प्रतिगमनकारी हुन्’उनले भने ।

    नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गल्ती स्वीकारेर फर्किन सुझाए । ‘प्रधानमन्त्रीज्यू, समय बितेको छैन, अहिल्यै फर्किनुस् । २/३ वर्षपछि फर्किँदा समयले तपाईंलाई साथ दिँदैन,’ उनले भने ।

    प्रधानमन्त्रीले आफूलाई मात्रै नभई देशलाई नै प्रतिगमनतर्फ धकेलेको उनले बताए । प्रतिक्रियावादीलाई हसाउने निर्णय गरेको भन्दै उनले भने, ‘पार्टीका सबै नेता/कार्यकर्ता दुखी छन्, भावुक छन्, निराश छन् ।’

    प्रधानमन्त्री ओलीलाई ट्रम्पसँग तुलना गर्दै उनले भने,‘ट्रम्पले पनि जनमत स्वीकारेका छैनन्, ओलीले यहाँ यहि गरिरहेका छन् ।’ ओलीले संसदलाई बहुलठ्ठीपूर्ण ढंगले फाँसीमा चढाएर हत्या गरेको भन्दै उनले भने,‘संसद भनेको जनताको आस्थाको केन्द्र हो ।

    नेता भट्टराईले अधिनायकवादी ओलीलाई नेपाली सेनालेपनि साथ नदिने बताए । ज्ञानेन्द्र शाहको पथमा हिंडेका ओलीलाई सेनालेपनि साथ दिदैन,‘उनले भने,‘ज्ञानेन्द्रको जत्तिको जग ओलीको छैन । ज्ञानेन्द्रलाई त साथ नदिएको सेनाले ओलीलाईपनि साथ दिदैन ।’

    सेना लोकतान्त्रिकरण भइसकेको बताउँदै उनले भने,‘ सत्ता र शक्तिको पछि लाग्दैन सेना । सेनाले अब ज्ञानेन्द्रलाई जस्तै भन्नेछ प्रधानमन्त्री ज्यू हजुरलाई सिंहदरबारबाट बालकोट सिफ्ट गर्दैछौं ।’

    नेता भट्टराईले सूर्य चिह्नमा कसैले आँखा लगाउँदैमा आफूहरु बाहेक अरुले नपाउने बताए । उनले भने,‘सूर्य चिह्न हिजोपनि हामीसँग थियो, आजपनि छ र भोलिपनि रहनेछ ।’

    उनले चुच्चे नक्सा जारी गरेर वाहवाही कमाएको प्रधानमन्त्रीले त्यहि चुच्चे नक्सा छापिएको किताव वितरण गर्न नदिएर भारतप्रति खातिरदारी गरेको आरोप लगाए ।

    नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल (सुनिल)ले ओलीलाई ईटको जवाफ पत्थरले दिने चेतावनी दिदै त्यसका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.