पृथ्बी जयन्तीमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा शुभकामना व्याक्त
"पृथ्वीनारायण शाहप्रति गण्डकी प्रदेशले अझ गौरवान्वित महशुस "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा देशवासीका नाउँमा शुभकामना सन्देश दिएका गरेका छन् ।
मुख्यमन्त्री गुरुङले सन्देशमा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा
रहनु भएका सम्पूर्ण नेपालीप्रति सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्याक्त गरेका छन् ।
नेपालको गौरवशाली इतिहासको अत्यन्तै महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण
शाहको योेगदानको उच्च कदर गर्दै यस अवसरमा उहाँप्रति हार्दिक सम्मानका साथै उहाँको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण योद्धाहरुप्रति समेत हार्दिक सम्मान प्रकट गर्दछु, गुरुङले सन्देसमा भनेका छन् ।
वि.स.१७७९ साल पौष २७ गते गण्डकी प्रदेशको गोर्खा जिल्लाको बोर्लाङमा जन्मनुभएका पृथ्वीनारायण शाहप्रति गण्डकी प्रदेशले अझ गौरवान्वित महशुस गर्नु स्वभाविकै हो ।
पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरण अभियानको सफलताका कारण आज हामी स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रुपमा विश्व मानचित्रमा परिचित हुन पाएका छौँ ।
उनले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायत अन्य विविधताका बीच मजवुत एकताको आधार तयार गर्नुभयो ।
त्यही आधारमा टेकेर विभिन्न जन आन्दोलन, जनक्रान्ति लगायत विभिन्न राजनीतिक संघर्षमार्फत हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेका छौँ, सन्देशमा उल्लेख छ ।
पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
व्यवस्थालाई सुदृढ पार्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकतावद्ध भई केन्द्रित हुन यस दिनले हामी सवैलाई प्रेरणा प्रदान गरोस् सन्देशमा भनिएको छ ।
Related