पर्वतको महाशिला गाउँपालिकामा पहिलो पटक गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ ।
महाशिलाको वडा नम्बर ३ बालाकोटको मुसुरबारी डाँडाबाट परीक्षण उडान सफल भएको हो । दिउँसो साढे १ बजे गरिएको परीक्षण उडान ४५ मिनेटसम्म उडान भएको स्थानीयले बताएका छन् ।
मुसुरबारी डाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ भिरकोट नगरपालिकाको वडा नं. ५ स्थित सोरेक मैदानमा अवतरण गरिएको थियो ।
भिरकोट नगरपालिका वडा नं. ९ स्याङ्जाका वडाध्यक्ष भिम गुरुङ र महाशिला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रोशन गुरुङको पहलमा प्याराग्लाइडिङ परीक्षण उडान भएको थियो ।
परीक्षण उडानमा भिरकोट नगरपालिका वडा नं. ५ का वडासदस्य तथा प्याराग्लाइडिङ पाइलट नवीन थापा उडेका थिए । प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि स्थानीय खुशी भएका छन् ।
स्थानीय युवा विमल रिजालले यो क्षेत्र प्याराग्लाइडिङ उडानका लागि प्रचुर सम्भावना रहेको बताए ।
रिजालले प्याराग्लाइडिङ मात्र नभएर यस क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने अन्य विभिन्न सम्भावना रहेको बताए ।
वडाध्यक्ष रोशन गुरुङले अब सरकारबाट अनुमति लिएर प्याराग्लाइडिङ उडानको व्यवसाय अघि बढाउने योजना रहेको बताए ।

Related