सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ : प्रचण्ड
"पार्टीभित्रको विवादले प्रतिनिधि सभा भंग गर्न नमिल्ने "
तपाईको प्रतिक्रिया





नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नाम र चुनाव चिन्ह अन्ततः आफूहरूकै हुने दाबी गरेका छन् ।
मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ।
उनले यो कुरा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा भनेका हुन्।उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।
निर्वाचन आयोगबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै पार्टीको नाम र चुनाव चिन्ह आफूहरूकै हुने बताएका हुन् ।
‘हिजो निर्वाचन आयोगमा गएर विगतको नजिर, अहिलेको विशिष्ट अवस्था र पार्टीको वास्तविक विवरणबारे जानकारी गराएका छौँ । प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू पनि यस विषयमा गम्भीर हुनुहुन्छ ’, प्रचण्डले भने, ‘ नेकपा हाम्रै हो, चुनाव चिन्ह हाम्रै हो ।’
उनले आफ्नो समूहमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी पनि गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको बताए। पार्टीभित्रको विवादले प्रतिनिधि सभा भंग गर्न नमिल्ने उनले बताए।
Related