जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते
शुभेच्छा न्यूज /१ माघ २०७७, बिहीबार १७:२५ , प्रकाशीत
जन्ती बोकेको जिप दुर्घटना हुँदा गुल्मीमा बेहुलासहित १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको बताए ।
जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।
जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Related