• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माघ ०३ गते शनिबार,यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /२ माघ २०७७, शुक्रबार २०:१३ ,  प्रकाशीत
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

    पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

    साथिभाई तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

    व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि कमाई भने न्यून हुनेछ । नयाँ योजना बनाउनु भएको भए तत्काल सार्वजनिक नगर्नुनै बेश हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने हुँदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

    आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

    आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुँनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

    नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेको छ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामि हुने योग रहेको छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यका दृष्टिकोणले समय मध्ययम रहेको छ । काम तथा व्यापारको लागि कर्जा लिनु पर्ने हुन सक्छ । अवसर तथा रोजगारिको लागी दौडधुप गर्नुपर्ला । आफ्नो मेहनेतको प्रतिफल अरुले हत्याउन खोज्नेछन् ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    व्यापारमा मनग्ये धन लाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घर परिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    चुनौतीका बाबजुद काम गर्नुपर्ने हुन सक्छ । छर–छिमेक तथा आफन्तसँग असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागि नहुँनु नै राम्रो रहनेछ । तर पनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्द व्यापारबाट फाईदा हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेको छ । लाभदायक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.