लायन्स न्यूरोडचौतारीद्धारा रक्तदान,२६ युनिट रगत संकलन
शुभेच्छा न्यूज /३ माघ २०७७, शनिबार १६:२७ , प्रकाशीत
पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण रगतको अभाव भईरहेका लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
शविबार सभागृहचोकमा आयोजित रक्तदान कार्यक्रमा २६ पिन्ट रगत संकलन भएको छ।
कार्यक्रमका विशेष अतिथि लायन्स क्लव अन्तराष्ट्रिय,डिष्ट्रिक ३२५ बी १ नेपालका रक्तदान विभागका प्रमुख बालकृष्ण शर्माले पहिलो रक्तादाता एवं न्यूरोड चौतारीका एसीआइएफ अफिसर माधब बास्ताकोटीलाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय,डिष्ट्रिक ३२५ बी १ नेपालका गभर्नर मनरोकाले लायन्सले रक्तादन कार्यक्रमलाई बिषेश महत्वका साथ अगाडी बढाएको बताए ।
उनले आफ्नो डिष्ट्रिकल यस बर्ष २० हजार पिन्ट रगत संकलन गर्ने योजना बनाएकोमा हाल सम्म १८ हजार भन्दा बढी पिन्ट रगत रक्तदान कार्यक्रममार्फत संकलन भएको बताए ।
‘लायन्ले कोभिडको महावारीकाबीचमा पनि कोरोना संक्रमितका लागि आवस्यक प्लाज्मा थेरापीका लागि आवस्यक रगत समेत संकलन गर्यौ ’ गभर्नर रोकाले भने ।
विशेष अतिथि बालकृष्ण शर्माले कोभिडका कारण रक्तदान कार्यक्रम कम भएका बेला क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै तारिफ गरे ।
उनले पोखरामा कोरोना संक्रमणका कारण रगतको अभाब भइरहेको अवस्थामा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय कार्य गरेको बताए ।
‘रगतको अभाब भएको बेला क्लवले ठिक समयमा मानविय कार्यका लागि रक्तदान कार्यक्रम गरेको छ’ उनले भने ।
क्लवका अध्यक्ष शिवराज बरालले रक्तदानका चिसो मौसम उपयुक्त नभएपनि रगतको अभाब र आवस्यकतालाई मध्यनजर गरी कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले चिसो मौसमका अलावापनि क्लवले आयोजना गरेको कार्यक्रममा २६ युनिट रगत संकलन भएको बताए।
कार्यक्रममा डिष्ट्रिकका सेकेन्ड भाइस गभर्नर महेन्द्र पौडेल, फष्टलेडी रुपा थापा, जोनचियर पर्सन तिर्थराज आचार्य,डिष्ट्रिक एडभाइजर एवं क्लवका पुर्व अध्यक्ष दिपक घिमिरे, क्लवका संस्थापक अध्यक्ष बलाराम बडाल, पुर्वअध्यक्ष नरहरि पौड्याल,धुर्व प्रसाद रेग्मी,क्षेत्र बहादुर बराल क्षत्री लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष शिवराज बरालले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिब कृष्ण लम्सालले गरेका थिए।

Related