"नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक "
शुभेच्छा न्यूज /४ माघ २०७७, आईतवार २१:४९ , प्रकाशीत
बैंकिङ कसुरमा संलग्न ३ जना फरार आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ।
झण्डै तीन करोड ३२ लाख ठगी गरेको प्रमाणित भई उच्च अदालत पाटनबाट कैद र जरिवाना तोकिएर फरार हुँदै आएकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालतमा पेश गरिएको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक दिएका थिए।
बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उनीहरुलाई सजाय सुनाइएको थियो

Related