• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा एक महिनामा ७५ जना पक्राउ, चोरीको आरोपमा ३ भारतीय समातिए

  •    शुभेच्छा न्यूज  /५ माघ २०७७, सोमबार २२:०१ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ परेका छन् ।

    सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानीक गरेको तथ्याङ्क अनुसार विभिन्न मुद्धामा ६६ जना पुरुष र ८ जना महिला पक्राउ गरेको हो ।

    पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मुद्धा दर्ता भएका छन् ।

    एक महिनामा २७ वटा बैकिंङ कसुर सम्बन्धि मुद्धा दर्ता भएको हो । त्यसैगरी आत्महत्या समेत निकै बढको देखिन्छ ।

    आत्महत्याको मात्र १६ मुद्धा दर्ता छन् । त्यो बाहेकका लागुऔषद्य सम्बन्धि ११ अन्य मुद्धा गरि एक सय ६ मुद्धा दर्ता भएको  प्रहरीले जनाएको छ।

    चोरीको आरोपमा ३ भारतीय पक्राउ

    पोखरामा चोरीको आरोप प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ ।

    पोखराको अमरसिंहचोकमा अव्यवस्थित बसोबास गरेका भारतीयले एक बृद्धाको रकम चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    भारतको विहार जोगवनीथाना घरभई अमरसिंचौरमा बसेका २५ वार्षिय सुवाष बन्जडा, २५ वर्षिय सिता देवी तिवारी र सोहि उमेरका सोनु तिवारीलाई नगद सहित रामबजार प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट नगद रु एक लाख एक हजार सात साय ७० रुपैँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

    शुक्रवार पोखरा चाउथेँकी ६५ वर्षिया बृद्धा बैंकबाट रकम निकालेर सार्वजानिक बसमा घर जाने क्रममा रकम हराएको थियो ।

    आफुसंगैको सिटमा बसेको भारतीयले रकम चोरेको हुनसक्ने भन्दै उनले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

    सोहि जानकारीको आधारमा प्रहरीले उनीहरुलाई अमरसिंह चौरबाट पक्राउ गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.