• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बढ्दो दुर्घट्नालाई न्यूनिकरण गर्न पोखरामा ट्राफिक सप्ताह

  •      /१७ बैशाख २०७५, सोमबार १३:४३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । सहरीकरण र सवारी चापसंगैं बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उदेस्यले पोखरामा ट्राफिक सप्ताह सुरु भएकोछ। ‘सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक नियम जानौं पनि मानौं पनि’ भन्ने मूल नाराका साथ ट्राफिक सप्ताह २०७५ सुरु भएको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छे बैक लिमिटेड, नेपाल रेडक्रस सोसाइटी कास्कीको सयुक्त आयोजनामा सोमवार देखि सुरु भएको हो।
    एकसाता सम्म विभिन्न जनचेतनामुलक ट्राफिक नियम सम्वन्धित कार्यक्रमको आयोजनागरी मनाईने कार्यक्रमको पहिलो दिन प्रभातफेरीको आयोजना गरि सुरु गरिएको छ ।
    पोखरामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरि सप्ताह मनाइने ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराको पृथ्वीचोबाट सुरु भएको प्रभातफेरी पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङगा, नयाँ सडकुहदै पोखरा सभागृहमा पुगेर समापन भएको थियो ।
    प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, आमा समुह, नागरिक समाज, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, राष्टिय लोकदोहोरी प्रतिष्ठान लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।
    प्रभातफेरीपछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी)अशोकसिंहले सुन्दर पोखरालाई सुरक्षित बनाउन शान्ति सुरक्षा संगै ट्राफिक ब्यवस्थापन र दुर्घटनना न्यूनिकरण गर्न आवस्यक रहेको बताए।
    उनले बढदो जनसंख्यासंगै बढदो सवारीसाधनको चाप, तिव्र गति, प्रविधिको प्रयोग हुननसक्नु, ट्राफिक चिन्ह र संकेतको पालना नहुनु, विना लाइसेन्स सवारी चलाउनु, पैदलयात्रीले जथाभावी सडक पार गर्नु लगायतका कारण सडक दुर्घटना बढेको बताए । उनले नेपालमा दैनिक ६ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको बताए ।
    जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका अनुसार जिल्लामा एक सातामा एक जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को नौ महिनाको डाटा हेर्दा सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका छन् ।
    ट्राफिक सप्ताह अन्र्तगत वैशाख १८ गते जेब्राक्रस स्वयमसेवक परिचालन, कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद, वैशाख १९ गते ड्राइभिङ्ग इन्स्टीच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना, वैशखा २० गते प्याराग्लाइडिङ्ग चालकहरुलाई ट्राफिक सचेतना सम्वन्धि कार्यक्रम गरिने छ।
    त्यसैगरी प्यारामाउण्ड बोर्डिंग स्कुलमा सचेतना कक्षा, चालक परामर्श, वैशाख २१ गते आमा समूहहरुलाई सचेतना कक्षा, चालक परामर्श, वैशाख २२ गते चालकका लागि ट्राफिक कक्षा, बाराही उच्च माविमा सचेतना कक्षा र वैशाख २३ गते फिल्म हलहरुमा अडियो क्लिप शो गरि कार्यक्रमको समापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवत्ता शिव थापाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.