भारतीय अनुदानको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
शुभेच्छा न्यूज /८ माघ २०७७, बिहीबार १४:०५ , प्रकाशीत
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ। एयर इण्डियाको विमानमार्फत् पहिलो चरणको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।
त्रिभुवन विमानस्थलमा आइपुगेकाे खाेप नेपालस्थित भारतीय राजदूत विनयमाेहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।
भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप भारतले नेपाललाई दिएको हो। भारतले घोषणा गरेको पूरै १० लाख डोज खोप नै नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ।
दूतावासका प्रथमसचिव नवीन कुमारले घोषणा गरेको पूरै डोज खोप नेपाल आइपुगेको जानकारी दिए।
ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। विभागले त्यहीँबाट प्रदेशस्थित खोप भण्डारण केन्द्रमा पठाउनेछ। त्यहीँबाट जिल्ला-जिल्लामा पठाइनेछ।
पहिलो चरणमा स्वास्थ्यकर्मीमा दिइने मन्त्रालयको तयारी छ।

Related