संविधानको सफल कार्यान्वय गर्न सबै राजनैतिक दल एकजुट हुनुपर्ने ः मन्त्री बिश्वकर्मा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा। युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले समृद्ध नेपाल बनाउन सबै राजनैतिक शक्तिहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन । सोमबार बाम गठबन्धन पोखरा वडा कमीटी ३ ले आयोजना गरेको सम्मान तथा नब बर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
०७२ मा जारी संबिधानले सबैका हक अधिकारलाई समेटेको उल्लेख गर्दे मन्त्री बिकले संबिधान कार्यन्वयनको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताए । ‘संविद्यानको सफल कार्यान्वयन गर्न सवै हातेमोलो गरेर अगाडी बढ्नु पर्छ’ उनले भने। ‘संविधानको कार्यान्वयनपछि मात्र समृद्धी, सुशासन र बिकास सम्भबछ।’
प्रदेश नं ४ का सांसद मित्र कुमारी सुबेदीले महिलाको हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागीताको कुरा ब्यबाहारमा अझै पनि लागु हुन नसकेको भन्दै आफ्नो अधिकारको लागि सम्पुर्ण महिलाहरु जागरुक बन्नु पर्नेमा जोड दिइन ।
एमाले कास्की अध्यक्ष एब प्रदेश नं ४ का सासद कृण्ण थापाले बाम गठबन्धनको दुइ तिहाइ बहुमतको सरकारले जनताको कामलाइ प्राथामकितामा राखेको बताउदै स्थानीय तहका जनप्रतिनिधिले जनताको काम लाइ यो वा त्यो वाहानामा रोक्न नहुनेमा जोड् दिए।
प्रदेश नं ४ का सासद रामजी बरालले नेपालमा संघियता प्रति नकरात्मक टिप्पणी गर्ने क्रम शुरु भइसकेको भन्दै यस्तो अबस्थामा सरकार पक्ष र प्रतिपक्ष बिच सहकार्य ,सहमती र एकता गर्दे अघि बढ्नु को बिकल्प नभएको बताए ।
कार्यक्रममा युबा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, प्रदेश नं ४ का सांसदहरु मित्र कुमारी सुबेदी,कृष्ण थापा, रामजी बराल लाई बधाई तथा सम्मान गरिएको थियो भने पार्टीलाई महत्वपुर्ण योगदना पुर्याएको भन्दै लोक तथा दोहोरी गायक प्रजापति पराजुली ,अर्जुन पराजुली,मेजर चन्द्र बहादुर पुन लगायतलाई सम्मान गरिएको थियो ।
Related