• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रेमीकाको गोली हानी हत्या गरेर भागेका युवक पक्राउ

  •    शुभेच्छा न्यूज  /९ माघ २०७७, शुक्रबार १८:५० ,  प्रकाशीत
  • आफ्नी प्रेमिकाको गोली हानी हत्या गरी पाँचथरबाट फरार भएका एक युवकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती युवालाई घटनाको १० वर्षपछि बिहीबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ताप्लेजुङ जिल्लाको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आङबुहाङलाई बिहीबार राति काठमाडौंको मुलपानीबाट पक्राउ गरेको हो ।

    २०६७ सालमा पाँचथरको १ होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । कुमुकहाङले टाउकोमा गोली प्रहार गरेपछि ढलेकी उनकी प्रेमिकाको मृत्यु भएको थियो । प्रेमिकालाई गोली हानेपछि फरार भएका कुमुकहाङ पछिल्लो समय काठमाडौंमा लुकिछिपी बसेको सूचनाका आधारमा बिहीबार राति खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    बेलायती सेनाको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए । तर, केही विषयमा विवाद बढेपछि उनले प्रमिकालाई होटेलकै कोठामा गोली हानेका प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    घटनाको १० वर्षपछि पक्राउ परेका कुमुकहाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.