परिसङ्घ अध्यक्ष शर्मा स्लोभानियाका अवैतनिक महावाणिज्यदूतमा नियुक्त
/१७ बैशाख २०७५, सोमबार १५:३१ , प्रकाशीत
वैशाख १७, काठमाडौं (अस) । नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्मा नेपालका लागि स्लोभानियाका अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मा देउराली जनता फर्मास्युटिकल्सका निर्देशक पनि हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शर्मा महावाणिज्यदूतमा नियुक्त भएसँगै स्लोभानिया र नेपालबीच व्यापार तथा पर्यटन क्षेत्रमा व्यावसायिक सम्बन्ध विस्तारमा नयाँ आयाम थपिने अपेक्षा राखेको बताए । उनले दुई देशबीचको आर्थिक व्यापारिक सम्भाव्यता धेरै रहेकाले सम्भाव्यतालाई यथार्थमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालका लागि स्लोभानियाका राजदूत जोजेफ ड्रोफेनिकले शर्माको नियुक्तिले दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने बताए । उनले नेपालमा व्यावसायिक सम्बन्धका माध्यमबाट सहयोग आदानप्रदान गर्न सकिने बताए ।
नवनियुक्त अवैतनिक महावाणिज्यदूत शर्माले पर्यटनको सम्भावना भएको युरोपेली मुलुक स्लोभानिया र नेपालबीच व्यापार, प्रविधि र पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राखे । उनले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै स्लोभानियाको आर्थिक एवम् व्यावसायिक सम्बन्ध थप बढाउन र नेपालमा स्लोभानियाको लगानी भिœयाउन आवश्यक भएको बताए ।
नेपालले स्लोभानियासँग सन् १९९७ बाट कूटनीतिक सम्बन्ध स्थापना गरेको भए पनि स्लोभानियासँगको आर्थिक एवम् व्यापारिक सम्बन्ध तुलनात्मक रूपमा अपेक्षित मात्रामा हुन सकेको थिएन । नेपालले स्लोभानियामा विशेषगरी हस्तकलाका सामान निर्यात गर्ने गर्छ भने त्यहाँबाट टेलिफोन तथा मोटरसाइकलका पार्टपुर्जा आयात गर्ने गरिएको छ । arthik abhiyan

Related