गण्डकीमा १२ हजार ३ सय ११ ले लगाए कोरोना विरुद्धको खोप
"पाँचौ दिनसम्ममा ८८ हजार बढीले खोप लगाए "
तपाईको प्रतिक्रिया





कोभिड–१९ विरुद्धको खोप अभियानको पाँचौ दिनसम्ममा ८८ हजार बढीले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका छन् ।
पाँचौ दिनसम्ममा प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समुहमा पर्ने व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीहरुले अबको पाँच दिन भित्र खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
Related