• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप दिने

  •    शुभेच्छा न्यूज  /१८ माघ २०७७, आईतवार २१:०० ,  प्रकाशीत
  • चीनले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने भएको छ।

    चिनियाँ दूताबासले आइतबार साँझ एक प्रश्नोत्तर प्रेस नोट जारी गर्दै छिट्टै ३ लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ।

    नेपाल सरकारको अनुरोधमा दिन लागिएको ३ लाख डोज खोपबाट १ लाख ५० हजार जना लाभान्वित हुने दूतावासले जनाएको छ।

    चिनिया दूतावासले नेपालमा आपतकालीन प्रयोग र खोप प्राप्तिको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीहरुसँग समन्वय गरिरहेको पनि जनाएको छ।

    दूतावासले छिटोभन्दा छिटो खोप नेपालमा पुर्याउन चाहेको जनाउँदै नेपालले कोभिड १९ महामारी विरुद्धको लडाईं जित्ने विश्वास व्यक्त गरेको छ।

    चीन दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता र सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्न नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको पनि दूतावासले जनाएको छ।

    चीन र नेपाल असल छिमेकी र असल साथी भएको जनाउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीको दुवैदेशले सामना गर्न परिरहेको स्मरण गरेको छ।

    दुवै देशले सधैंभर एकअर्कालाई समर्थन गर्दै आएको पनि दूतावासको प्रश्नोत्तर प्रेस नोटमा जनाइएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.