• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विकासको जनताको आवश्यकताको आधारमा हुनु पर्छः सांसद बराल

"जनताको आवश्यकताको पहिचान सहित योजना छनौट गरी विकास निर्माण गर्नु्पर्छ "
  •    शुभेच्छा न्यूज  /१९ माघ २०७७, सोमबार २०:१७ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पहुचको आधारमा हुने विकासको अन्त्य गरी जनताको आवश्यकताको आधारमा विकास हुनु पर्ने बताएका छन्।

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत पोखरा १ र ३ को सिमानामा पर्ने तुल्सीघाट सडक निर्माण योजनाको बारेमा जानकारी

    गराउन आयोजित कार्यक्रममा बोल्दै सांसद बरालले अझै पनि पहुचको भरमा बजेट दुरुपयोग भएकोले जनताको आवश्यकताको आधारमा मात्र विकास हुनु पर्ने बताएका हुन्।

    उनले भने “ विकास निर्माणमा जो कसैले राजनीतिक गर्न हुदैन, जनताको आवश्यकताको पहिचान सहित योजना छनौट गरी विकास निर्माण गर्नु्पर्छ, विकास निर्माणको अभियानमा सवै पार्टी एक हुनु पर्छ ।”

    स्थानिय तहबाट सवैको सहकार्य भएमा निर्धारित मितिमा उक्त योजना सम्पन्न हुने विश्वास व्यक्त गर्दै सांसद बरालले विकास हुँदा केही विनास वा केहीको केही क्षेती समेत हुन पुग्ने अबस्था आउन सक्ने जनाए ।

    मुलुक यतिवेला निकै कठिन परिस्थितीमा रहेकोले जनतालाई निरास नहुन आग्रह गर्दै सांसद बरालले प्रतिगम बिरुद्ध आवाज उठाउनु पर्ने समय आएको जनाए ।

    पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजुले तुल्सीघाट जाने बाटो निकै कठिन भएकोले धेरै बर्ष देखि

    बजेट पार्न खोज्दा बजेट आभावले गर्दा सडक निर्माण ढिलाई भएको अबस्थामा सांसद विकास कोषको रकम पर्नुले स्थानियलाई धेरै राहत हुने बताए ।

    विकास निर्माणमा पोखरा महानगरपालिका कार्यालयबाट विभेद भएको अध्यक्ष प्रजुले दाबी गरे ।

    उनले भने “ रातो कितावमा परेको पृथ्बीनारायण क्याम्पस गेट अघि देखि नदीपुर क्षेत्रमा फुट ट्याक निर्माणमा परेको एक करोड २२ लाखको योजना हाल अलपत्र अबस्थामा पुगेको छ, यो किन रोकियो मलाई हामीलाई थाहा छैन्।”

    धेरै जोडवलले कन्यामार्गको सडक करिब १४ लाखमा हालै निर्माण गरेको महिना दिन वित्न नपाउदै समन्वय अभावले गर्दा जाइकाको खानेपानी योजनाले खनेर धुलाम्मे सडक भएको अध्इक्ष प्रजुले गुनासो गरे ।

    पोखरा १ का वडा सदस्य रुद्र सुवेदीले पोखरा १ र २ को सिमानामा पर्ने र दुबैको आवश्यक भएको ठाँउमा नै उक्त बजेट परेकोले उक्त योजना समयमै सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने वचन दिए ।

    पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनीयर प्रशान्त थापाले वैशाख २८ गते भित्र सम्पन्न गर्ने गरी करिब ८० मिटरको ढलान सडक सहितको नाला मर्मत तथा पहराको कटान हुने बताए । स्थानियको १० प्रतिशत जनसहभागिता हुनु पर्ने उनको भनाई थियो ।

    स्थानिय एवं नेकपाकी महिना नेतृ सुनिता बस्नेतले वडा वासिले आवश्यकताको आधारमा उक्त योजना छनौट गरेको बताइन्।

    तुल्सीघाट पूर्वाधार एवं बाटो निर्माण समितिका अध्यक्ष सहदेव वानियाले पूर्वाधार विकास कार्यालयमा उक्त योजनाको सम्झौता भएकोले एक÷दुई दिनबाटै काम सुरु गर्ने जनाए ।

    समितिका सचिव शोभा गुरुङ, सदस्य बिष्णु बाँस्तोला लगायतले उक्त बाटो पोखरा १, ३, १८ का जनता समेत लाभान्वित हुने उल्लेख गरे ।

    प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) र सांसद पुष्पा केसी (भण्डारी) को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २ करोड बजेटको लागि साना ठुला गरी २५ वटा योजना छनौट भई हाल उक्त योजनाको केही निर्माण कार्य सुरु भएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.