• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विद्यालयमा स्वास्थ्य सामग्री प्रदान

  •    शुभेच्छा न्यूज  /१९ माघ २०७७, सोमबार २०:२४ ,  प्रकाशीत
  • नेलम्बो नेपालले पोखराका ३ विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।संस्थाले कोभिड १९ को विषम् परिस्थितिलाई मध्येजनर गर्दै सामग्री हस्तान्तरण गरेको हो।

    पोखरा–२५, हेमजा स्थित ग्रामप्रकाश आधारभूत विद्यालय, पोखरा ३० को त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय र पोखरा २६ को लक्ष्मी माध्यमिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो।

    संस्थाले माक्स, सेनिटाइजर, स्प्रे बोतल, के.एन ९५ माक्स, फेस सिल्ड, हात धुने साबुन, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो।

    हेमजा स्थित ग्रामप्रकाश आधारभूतमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज पौडेल र प्रधानाध्यापक मनोहरी अधिकारीलाई संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरेका हुन् ।

    उक्त कार्यक्रममा धन्यवाद दिदै प्रधानाध्यापक अधिकारीले नेलम्बोका गतिविधि सामाजिक सञ्जालबाट देख्ने गरेकोमा विद्यालय प्राङगणमा नै स्वास्थ्य सामग्रीहरु ग्रहण गर्न पाउँदा खुशी लागेको बताए।

    त्रिभुवन शान्ति माविमा भएको कार्यक्रममा वडाध्यक्ष श्रीराम पोख्रेलले नेलम्बो नेपाललाई समग्र वडावासीको तर्फबाट धन्यवाद दिर्दै आगामी दिनमा सहकार्य जारी राख्ने बताए ।उक्त कार्यक्रममा र प्रधानाध्यापक मित्रलाल सापकोटाले पनि भनाई राखेका थिए।

    त्यस्तै वडा नं. २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको कार्यक्रममा विद्यालयका अध्यक्ष रामकृष्ण जि.सी र प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले नेलम्बोका गतिविधि सराहनीय रहेको औँल्याए।

    नेलम्बोले तिन विद्यालयमा गरी कुल रु.५९ हजार ६ सय ४६ का स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.