• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माघ ३० गते शुक्रबार,कस्तो होला तपाइको भाग्य हेर्नुहोस राशिफल

  •    शुभेच्छा न्यूज  /२९ माघ २०७७, बिहीबार २१:४३ ,  प्रकाशीत
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेको छ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    रुपैया पैसा तथा धन सम्पतीको राम्रोसँग व्याबस्थापन गर्नुहोला हराउने तथा चोरिने अधिक सम्भावना रहेको छ । व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुँदा समस्याहरु टार्न अली गाह्रो भएको महशुष हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पती हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियालि छाउनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । मुद्दा मामिलामा विजयको योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    पढाइ लेखाइमा भने जस्तो नतिजा हात नलाग्ने हुँदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भने जस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । माया प्रेममा चिसोपनको विकास हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमूखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    धन भावमा रहेको कमजोर चन्द्रमाले विवाद र झगडामा पछी हट्नु नै राम्रो हुनेछ । धन तथा सम्पती सापटीको रुपमा कसैलाई नदिनुहोला, फिर्ता हुन गाह्रो रहेको छ । नयाँ कामको लागी समय मध्ययम रहेको छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेको छ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    पुराना समस्याहरु बल्झनेछन् भने स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमिकम्जोरी ढाकछोप गर्न खोज्दा थप घाटा लाग्नेछ । अग्रज तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आम्दानीका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागी हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    समाजमा राम्रा काम गर्न सकिने हुनाले मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.