शुभेच्छा न्यूज पोखरा, २८ पुस । फुटबल विकासमा सबै एक हुनु पर्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कास्कीको फुटबल विकासमा हाम्रो भुमिका बिषयक अन्तरकृया कार्यक्रममा सहभागिहरुले जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन सक्षम नेतृत्वको विकल्प नभएको बताएका हुन्।
कार्यक्रका बक्ताहरुले नियमित गतिविधि गर्न नसकेको, मुलुककै प्रतिष्ठित पोखरा कप फुटबल प्रतियोगिता निरन्तरता दिन नसकेको, ऋणको ब्ययभारले थलापरेको जस्ता कारण संस्थानै धारासाही बन्दै गएकोले पुरानै अवस्थामा फर्काउन ढिलाई गर्न नहुने बताए।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले अन्तक्र्रिया कार्यक्रम आयोजना गरी एन्फा कास्कीका पदाधिकारीदेखि पूर्व अध्यक्ष, क्षेत्र, जिल्लाका खेल सम्बन्धित व्यक्तित्व, आबद्ध क्लबका प्रतिनिधिलाई उपस्थित गराई समस्या समाधान गर्नको लागि पहल गरेको हो ।
एन्फा कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका संघका क्षेत्रीय अध्यक्ष खेमबहादुर गुरुङले आफ्नो नेतृत्वको टीमले ठूलो परिश्रमका साथ संघलाई निकै माथि ल्याएको स्मरण गर्दै अहिले संघ नाममात्रको हुदा चिन्तित बनाएको बताए।
‘मेरोको कार्यकालमा आठ लाखको अक्षयकोष स्थापना गरिएको थियो । खेलाडी, खेल पत्रकार सम्मानदेखि पोखरा कप जस्ता प्रतियोगिता आयोजना हुन्थे।’ गुरुङले भने– ‘अहिले रुकुम रोल्पातिर फुटबल प्रतियोगिताहरु हुन्छन्, कास्की जस्तो संघ कहाँ पुग्यो ? आर्थिक पारदर्शिता खै ? ऋणमा संघ कसरी डुब्यो ?’
उनले खेल पत्रकारहरुले पनि समयमै यस्ता अवस्थामा खबरदारी गर्न आवश्यक रहेको भन्दै कास्कीको फुटबलको लागि आफू सधैं लागिपर्ने बचनबद्धता प्रकट गरे ।
एन्फा कास्कीका अध्यक्ष धरम लामिछाने उपस्थित भएन्। तर एन्फाको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका उपाध्यक्ष मिलन गुरुङले निर्वाचित पदाधिकारीहरु समस्यादेखि डराएर भागेपनि आफूले संघलाई यहाँसम्म ल्याएको जिकिर गर्दै ऋण मुक्त बनाएर अधिवेशन गर्ने प्रतिबद्धता जनाए । ‘संस्थामा पद खान तछाँडमछाड गर्ने अनि जब घाटा हुन्छ, ऋण लाग्छ राजिनामा दिएर भाग्ने ? ’ गुरुङले भने – ‘म भाग्ने भएको भए अहिले पनि आउँथिन ।
२०७० सालको अधिवेशनमा निर्विरोध अध्यक्ष भएका गोपीबहादुर भट्टराई, लगायत अन्य पदाधिकारीहरु राजिनामा दिएपछि एन्फा कास्कीले विशेष अधिवेशन पनि नगरेका कारण संघ अत्यन्त अप्ठेरो अवस्थामा पुगेको हो।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एन्फाको विधानका कारण आफूहरुले हस्तक्षेप गर्न नमिल्ने भएकाले एन्फा, कास्कीको टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए । उनले अब पोखरामा मुलुककै उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएकाले यस रंगशालाको व्यवस्थापन गर्न सक्ने, प्राविधिक ज्ञान भएको सबल नेतृत्व आवश्यक रहेको बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले एन्फा कास्कीले अडिट रिपोर्ट, सम्पूर्ण आर्थिक कारोबार पारदर्शी हुने किसिमको कागजात नबुझाई गरेको अधिवेशनलाई मान्यता नदिने र रंगशाला समेत प्रयोग गर्न नदिने चेतावनी दिए ।
गुरुङले कास्कीमा ८५ वटा खेल संस्था दर्ता भएपनि २० वटा जति सक्रिय रहेको जनाए । केन्द्रिय प्रतिनिधि चुन्न र यहाँ अध्यक्ष बन्न मात्र चुनाव हुने नत्र खेल गतिविधि केहि नहुने उनको गुनासो छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनिल गुरुङले सन्यास लिएपछि अब नेपाली फुटबल हाँक्ने पोखराको को त ? प्रश्न खडा भएको भन्दै फुटबल विकासमा अब सबै एक भएर अघि नबढ्ने हो भने कास्की पछि पर्ने बताए ।
शुभेच्छा न्यूज
पोखरा, २८ पुस । फुटबल विकासमा सबै एक हुनु पर्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कास्कीको फुटबल विकासमा हाम्रो भुमिका बिषयक अन्तरकृया कार्यक्रममा सहभागिहरुले जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन सक्षम नेतृत्वको विकल्प नभएको बताएका हुन्।

Related