• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका फ्रन्टलाइनर औषधि ब्यवसायीको गुनासो; ‘हाम्रो सेवालाइ राज्यले कम आँकलन ग¥यो’

"फ्रन्टलाइनमा खटिने औषधि ब्यवसायीलाई राज्यले विभेद  "
  •    नरहरि पौड्याल  /२ फाल्गुन २०७७, आईतवार १६:३५ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा फ्रन्टलाइनमा खटिने औषधि ब्यवसायी कोरोना बिरुद्धको ‘कोभिसिल्ड’ खोपबाट बन्चित भएका छन् ।

    सरकारले पहिलो चरणमा फ्रन्टलाइमा खटिने स्वास्थ्य कर्मी, एम्वुलेन्स चालक र सरसफाइमा खटिने कर्मचारी लगायतलाई कोभिसिल्ड खोप लगाउने निर्णण गरेको भएपनि गण्डकी प्रदेशमा ठुलो संख्यामा रहेका औषधि ब्यवसायीहरु नै खोप लगाउनबाट बन्चित भएका हुन् ।

    स्वास्थ्य मन्त्रालयको सचिवस्तिरिय निर्णयबाट काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीलाई मात्र खोप लगाउने निर्णय गरेपछि सरकारकै स्वामित्वमा रहेको औषधि ब्यवस्था विभागमा दर्ता गरेर ब्यवसाय सञ्चाल गर्दै आएका औषधि ब्यवसायीले खोप लगाउनबाट बन्चित भएको ब्यवसायीले गूनासो गरेका छन्।

    विगत २५ बर्षदेखि पोखरामा औषधि ब्यवसाय गर्दै आएका स्याङजा सिटी फार्मेसीका सञ्चालक चन्द्र काफ्लेले फ्रन्टलाइनमा खटिने औषधि ब्यवसायीलाई राज्यले विभेद गरेको बताए ।

    उनले राज्यको नीति निर्माण र निर्णय गर्ने ठाउँमा रहेका ब्याक्तिले बिवेक नपु¥याउदा फ्रन्टलाइमा रहेर विरामीको सेवामा खटिने ब्यवसायी खोप सेवाबाट बन्चित भएको गुनासो गरे ।

    उनले रातदिन विरामीको सेवामा खटिने ब्यवसायी खोप सेवाबाट बन्चित हुनु विडम्वना भएको बताए । जिम्मेवार निकायले ब्यवासयीको सेवालाई कम आँकलन गरेको काफ्लेले बताए ।

    नेपाल औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका कोषाध्यक्ष एवं सगरमाथा मेडिसिन डिष्टुवेटरका सञ्चालक केसरी प्रसाद तिवारीले राज्यका उच्चतहमा रहेका नीति निर्माताले ध्यान नपु¥याउँदा ठुलो संख्याका फ्रन्टलाइनमा खटिने ब्यवसायी खोपबाट बन्चित भएको बताए।

    ‘नियतबस औषधि ब्यवसायीलाई बन्चित गरेको होइन होला, नीतिगत निर्णय गर्दा कमजोरी भएको हुन सक्छ’ उनले भने ।‘यसलाई सम्वन्धित निकायले समयमै ब्यवसायीलाई खोपको ब्यवस्था मिलाउनु पर्छ ।’

    ब्यवसायी तिवारीले निर्णय गर्ने कर्मचारीलाई काउन्सिलमा दर्ता भएर मात्र ब्यवसाय गर्न पाइने भन्ने भ्रम भएका कारण औषधि ब्यवस्था विभागमा दर्ता भएका ब्यवसायीको खोप लगाउनबाट बन्चित भएको बताए ।

    नेपाल औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष राम बहादुर केसीले प्रदेशमा ठुलो संख्यामा औषधि ब्यवसायमा आवद्ध ब्यवसायीहरु कोभिसिल्ड खोप लगाउनबाट बन्चित भएको बताए ।उनले गण्डकीमा ब्यवसायी र ब्यावसायमा आवद्ध करिव ३ हजार जना फ्रन्टलाइनमा खटिनेहरु खोपबाट बन्चित भएको बताए ।

    ‘कास्कीमा ब्यवसायीसहित ब्यवसायमा आबद्ध कर्मचारी सहित करिव १५ सय खोप सेवाबाट बन्चित भएका छन्’ उनले भने ।

    ‘प्रदेशका अरु १० वटा जिल्लाहरुमा ब्यवसायीले खोप लगाएपनि ब्यवसायमा आवद्ध अन्य १५ सयको संख्यामा खोपबाट बन्चित भएका छन्।’

    राज्यले ब्यवसायीलाई खोपबाट नियतबस बन्चित गर्ने मनसाय नभएपनि नीतिगत निर्णय गर्नेहरुबाट कमजोरी भएको हुनसक्ने अध्यक्ष केसीले बताए ।

    उनले ठुलोसंख्यामा फ्रन्टलाइनमा खटिने ब्यवसायी खोप लगाउनबाट बन्चित भएपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्मालाई भेटेर खोपको ब्यवस्था मिलाउन आग्रह गरेको बताए ।

    खोप लगाउन बन्चित भएका ब्यवसायीलाई छिट्टै खोप उपलब्ध गराउन पहल गर्ने डा.शर्माले आसअश्वान दिएको उनले बताए ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले तेस्रो चरणको खोप कार्यक्रममा औषधि ब्यवसायी र शिक्षक लगायतलाइ खोप लगाउने बताए ।

    उनले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार प्रदेशमा खोप लगाइएको दावी गरे । ‘हामीले मन्त्रालयले तोके अनुसार नै खोप लगाएका छौ, कसलाई खोप लगाउन भन्ने हाम्रो निर्णय हुदैन’ उनले भने । ‘मन्त्रालयले निर्देशन गरे अनुसार प्रदेशले खोप लगाएको छ ।’

    उनले ठुलो संख्यामा खोप लगाउनबाट ब्यवसायी छुटेको गुनासो आएपछि मन्त्रालयमा जानकारी गराएको बताए । ‘हामीले प्रत्येक दिन हुने वार मिटिङमा ब्यवसायीका गुनासा पु¥याएका छौं’ उनले भने । ‘मन्त्रालयको मिटिङमा टिपाइएका गुनासा मन्त्रालयले आवस्यका आधारमा सम्बोधन गर्ने हो ।’

    सरकारले भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको गत माघ १४ गते सातवटै प्रदेशमा एकैसाथ लगाउन सुरु गरेको थियो ।गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले औपचारिकरुपमा उद्धाटन गरेपछि फ्रन्टलाइनमा खटिनेलाई कोभिसिल्ड खोप लगाउन शुरु गरिएको थियो ।

    प्रदशका ११ जिल्लामा फ्रन्टलाइनमा खटिने करिव १७ हजारलाई पहिलो चरणमा कोरोना बिरुद्धको कोभिसिल्ड खोप लगाइसकिएको छ।

    आइतबार देखि पुन; दोस्रो चरणको खोप शुरु गरिएकोे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.