• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वीरगन्जमा बम विस्फोट, एक भारतीय घाइते

  •      /१८ बैशाख २०७५, मंगलवार १३:४१ ,  प्रकाशीत
  • वीरगन्ज : वीरगन्जको मेनरोडमै रहेको एक घरमा मंगलबार साँझ बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबीचको मेनरोडमा रहेको कमल राउत कुर्मीको घरमा साँझ ५ बजेतिर बम विस्फोट भएको हो । बम विस्फोट भएको घर जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबाट करिब दुई सय मिटरकोबीच दुरीमा अवस्थित छ ।
    विस्फोटमा  भारत बिहारको छपराका १८ वर्षीय अमितकुमार पाण्डे घाइते भएका छन् । उनको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
    त्यो घर एक महिनाअघि मात्र कुर्मीले किनेका थिए । कुर्मीले किनेको घर मातृका आई सेन्टरले आखाँ अस्पताल सञ्चालनका लागि भाडामा लिएको थियो ।
    आई सेन्टर सञ्चालनका लागि भाडामा  लिएको घरको कोठामा मंगलबार पाण्डेले रंगरोगन गरिरहेका अबस्था सुतली बम विस्फोट भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।
    बम विस्फोट कसले र किन गराएको भन्ने बारेमा केही खुल्न नसकेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका  लिम्बुले बताए ।उनले  विस्फोटनको बारे अनुसन्धान भइरहेका जानकारी दिए । annapurna post

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.