केपी शर्मा ओलीको सरकारले भ्रष्टचार र महंगी बढायो ; युवानेता पौडेल
"चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप "
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भ्रष्टचार र महंगी बढाएको बताएका छन् ।
नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका छन् ।
नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए ।
नेकपाको दुई तिहाइ बहुमत प्राप्त सरकारले देशको सही नेतृत्व गर्न नसकेको उनको भनाइ थियो ।
नेता पौडेलले ओली सरकारले ३ वर्षसम्म कुनै ठोस परिवर्तन हुने खकालका कार्य गर्न नसकेको बताउदै कोभिडको कारणले जनता अप्ठ्यारोमा पर्दा समेत सरकारले कुनै योजना ल्याउन नसकेको बताए ।
उनले ओली सरकारले कृषकहरुलाई समयमा मल उपलब्ध गराउन नसकेको र चौतर्फी भ्रष्टाचार महँगी मौलाउदा समेत नियन्त्रको प्रयास नगरेको बताए ।
नेता पौडेलले ओली सरकारले गराउने चुनाव निष्पक्ष हुन नसक्ने दावी गर्दै असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता नहुने समेत बताए ।
केपी ओलीका कदम नसच्चिएसम्म चुनावमा जानु असंवैधानिक कदमलाई स्वीकार्नु भएको बताउदै नेता पौडेलले काँग्रेस यस्तो कदम पछाडी नलाग्ने बताए ।
ओलीको तानशाही व्यवस्थालाई लोकतान्त्रिकको संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गरेजस्तै भएको उनले बताए ।
Related