तनहूँको व्यास नगरपालिका वडा नंं २ बुल्दीपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग१९प २७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक व्यास नगरपालिका वडा नं. २ मालेवगर बस्ने बर्ष २२ का विवेक थापा मगरको ज्यान गएको हो ।
टाउकोमा चोट लागेका उनलाई उपचारका लागि दमौली अस्पताल लागिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने २० वर्षीया रजनी गुरुङको रत्नहरि अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिमा रहेको र सडक चिप्लो भएकाले चिप्लिएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Related