सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा माओवादी केन्द्र कास्कीले कार्यलयमा आफ्नै साइन बोर्ड राखेको छ ।
बुधबार पार्टीले पोखरा महानगरपालिका ८, शिवालयचोकस्थित पार्टी कार्यालयमा बोर्ड राखेको हो ।
आइतबार सर्वाेच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला गरेपछि विभिन्न जिल्लाहरुमा दुवै पार्टीले आ–आफ्नो पार्टीको नाम चिन्ह सहितको बोर्ड राख्ने अभियान थालेका हुन्।
नेकपा एमालेसँग एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे पोखरा नगर कमिटीको कार्यालय बनाइएको कार्यलयमा नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको बोर्ड राखिएको हो ।
एकीकरण अघि पनि माओवादी केन्द्रले सोही ठाउँमा कार्यलय संचालन गरेको थियो ।
नेकपा माओवादी केन्द्र कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’, गण्डकी प्रदेश सांसद दीपक कोइराला, रामजी बराल ‘जीवन’, लगायत नेता कार्यकताहरुको उपस्थितीमा बोर्ड राखिएको हो ।
यस अघि नेकपा एमालेले मंगलबार नै पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरिसकेको छ ।
त्यसैगरी बागलुङमा नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ ।तत्कालिन कार्यालय बन्द गरेर नेकपाको कार्यालय बनेको थियो ।
संसद बिघटनको घटनापछि दुइ खेमामा बिभाजित भएपनि नेकपाको दाहाल नेपाल समूहले कार्यालय संचालन गरेकोले ओली समूहले बाहिरबाट काम गरिरहेको थियो ।
सर्बोच्चको फैसलापछि एमाले र माओवादी पार्टीनै व्युतिएपछि माओवादीले छुट्टै कार्यालय खोलेको हो । एमालेले भने साबिकको नेकपा कर्यालयमै काम गरिरहेको छ । माओवादीले कृषि बिकास बैंक चोकमा कार्यालय स्थापना गरेको हो ।

Related