• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जीत बहादुर र जेनिस शेरचनको जोडीलाई

  •    शुभेच्छा न्यूज  /२८ फाल्गुन २०७७, शुक्रबार १९:३९ ,  प्रकाशीत
  • प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि बागलुङको वुर्तिवाङ क्षेत्रबाट सहभागि खेलाडी जीत बहादुर शेरचन र जेनीस शेरचनको टोलीले जितेको छ ।

    आज (शुक्रबार) पोखरा स्पोर्टस र व्याडमिन्टन क्लव सिरमुर हल मुस्ताङ चोक, पोखरामा सम्पन्न भएको फाइनल खेलमा जीत बहादुर र जेनीस शेरचनको जोडीले थासाङ युथ क्लव काठमाण्डौं टिममा सहभागि बल बहादुर शेरचन र गोकुल शेरचनको जोडीलाई सोझो सेटमा पराजित गर्र्दै उपाधि जितेको हो ।

    थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ व्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको प्रतियोगितामा पोखराको घरेलू टिममा सहभागि विपिन गौचन र रिजन शेरचनको जोडी तथा थकाली सेवा समिति नेपाल क्षेत्रिय समिति काठमाण्डौंबाट सहभागि खेलाडी रविन्द्र शेरचन र ड्रोन गौचनको जोडीले तेश्रो स्थानमा रहन सफल भएको हो ।

    प्रतियोगिताका विजेता टोलीलाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो हुने दुवै टोलीलाई जनही १०÷१० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

    विजयी खेलाडीहरुको टोलीलाई थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष सोम प्रसाद तुलाचन, थकाली सेवा समितिका क्षेत्रिय अध्यक्ष शिवशंकर गौचन, ग्रुपका अध्यक्ष असोक शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, वुटवल, वेनी, बुर्तीवाङ, मुस्ताङ लगायतबाट २२ टिमको सहभागिता रहेको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए ।

    पोखराको ड्यामसाइड स्थित होटल मनोलिसाका संचालक एवं सामाजिक व्यत्तित्व थकाली समुदायको हकहितमा लामो समय देखि लाग्दै आएका विमल शेरचनको स्मृतिमा उत्त प्रतियोगिता पहिलो पटक भव्य रुपमा सफल भएको अध्यक्ष शेरचनले जनाए । विमलका छोरा विजय शेरचनले उत्त प्रतियोगिताको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गरेको ग्रुपले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.